७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

पालुङटार नगरपालिका ७ बिरुवाटार बजार मा बजार अनुगमन

पौष २८ गोरखा । पालुङटार नगरपालिका वडा नम्बर ७ बिरुवाटार बजार मा बजार अनुगमन गरिएको छ । पालुङटार नगरपालिका ।पालुङटार नगरपालिका वडा नम्बर ७ को कार्यलय बाट वडा अध्यक्ष वडा सचिब वडा सदस्य प्रहरी लगायत को टोलि बाट  बजार अनुगमन  गरिएको हो । 

बिरुवाटार बजार मा मात्रै अनुगमन गर्दा ३ वटा पसल दर्ता नगरिएको भेटिएको , एक पसल मा म्याद सकिएको डिउ भेटिएको ,एक पसलमा चामल म्याद सकिएको भेटिएको र एउटा किराना पसलमा खाद्यान्न र बिषादि पसल  एकै ठाउँमा राखेको भेटिएको वडा सदस्य पम्फा बिक ले बताउनु भयो ।

जनगुनासो बढेपछी अनुगमन गरिएको र अनुगमन गरिएको  र अनुगमन गरेका पसलमा  दर्ता गरेर चलाउन , म्याद सकिएक खाद्यान्न नराख्न  र खाद्यान्न र बिषादि एकै ठाउँमा नराख्न सुझाब दिइएको वडा अध्यक्ष अर्जुन बहादुर कुमाल ले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित