६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

अकला माबीमा आगामी फागुन २ देखि ७ गत्ते सम्म स्वोर्ण जयन्ती मनाइने

पौष२९ गोरखा।गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेट मा रहेको अकला माध्यमिक विद्यालयले स्वर्ण जयन्त्ती मनाउने भएको छ ।

पौष २८ गत्ते बसेको बैठकले स्वोर्ण जयन्ती मनाउने निर्णय गरेको हो। फागुन २ गतेदेखि ७ गतेसम्म मनाइने  कार्यक्रम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य मा गरिने बिद्यालय ले जनाए को छ ।

गत बर्ष नै स्वर्ण जयन्ती मनाउने निर्णय गरिएकाे भएतापनि काेराेनाका कारण स्थगित गरिएकाे थियो ।स्वर्ण जयन्ती मनाउनको लागि गत बर्ष नै विभिन्न समिती उपसमितहरू गठन गरिसकेकाे थियो । तिनै उपसमिति मार्फत नै कार्यक्रम गर्न लागिएकाे बिद्यालयका प्रधानाध्यापक राजेन्द्र अंगाइले बताएका छन् ।

स्वर्णजयन्तीकाे कार्यक्रम मा  बिद्यालयमा खेलकुद, स्थानीय झाँकीहरू, पिटि पर्दशन, सास्कृतिक स्मारिका बिमाेचन लगायतका बिबिध कार्यक्रमहरू सञ्चालन गरिने बिद्यालय ले बताएको छ ।

स्वोर्ण जयन्ती कार्यक्रम  भब्य रुपले  सफल बनाउन बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबाबु श्रेष्ठकाे अध्यक्षतामा  लागि २३ सदस्यीय उपसमिति गठन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित