६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

तनहुँको म्याग्देमा चिस्यान केन्द्र बन्ने

तनहुँ  ।तनहुँ को म्याग्दे गाँउपालिका वडा न. ३ को विरुवा, खिरेडाँडामा कोल्ड स्टोरेज अर्थात चिस्यान केन्द्र वन्ने भएको छ । म्याग्दे गाँउपालिकाको मुल्यांकन समितीको निर्णय अनुसार पासा कन्ट्रक्सनले चिस्यान केन्द्र निर्माणको शुरुवात गरेको हो । आर्थिक वर्ष २०७९।०८० को ठेक्का नं ०३।०७९।८० वाट पासा कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

२०७९।९।१ मा सम्झौता भएको चिस्यान केन्द्र १ करोड ४७ लाख ४ हजार ६ सय सड्चालिस रुपैयामा वन्नेछ । हाल २ ढलान १९५.८४ स्कुवायर मिटरको वन्ने चिस्यान केन्द्रमा कृषकद्धारा उत्पादित फलफुल, तरकारी लगायतका वस्तुहरुलाई राखिने गाँउपालिकाले जनाएको  छ । कृषकद्धारा उत्पादित वस्तुको भण्डारणका लागी चिस्यान केन्द्र वनाईएको र त्यसले गर्दा कृषकहरु पुर्ण रुपमा लाभान्वित हुने पालिकाले जनाएको छ । 

२०० मेट्रिक टन भन्दा वढि क्षमता स्टोरेज गर्न सकिने गरि चिस्यान केन्द्रको निर्माण शुरु भईसकेको छ भने २०८०।३।२० भित्र विओक्यू मा उल्लेख भएका सम्पुर्ण कार्यहरु सम्पन्न गर्नुपर्ने कार्यदेशमा उल्लेख गरिएको छ । 

पालिका समृद्ध वनाउनका लागी उत्पादन र कृषिमा हाम्रो प्राथमिकता हो । कृषकले फलफुल र तरकारी उत्पादन गर्ने तर समयमा विक्री हुन नसक्ने समस्या टड्कारो छ । जसले गर्दा कृषकलाई सधै  वजार पाउन सक्ने अवस्था थिएन । उत्पादित वस्तु समयमा वेच्न नसक्ने हुदाँ सड्ने र वस्तु घाटामा वेच्नुपर्दा व्यवसायमा असर पर्ने देखिएकोले गर्दा चिस्यान केन्द्र मार्फत वस्तुको भण्डारण गर्न लागिएको गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए । कृषकलाई उत्पादनमा प्रेरित गर्ने वस्तुको वजारीकरणमा सहयोग गर्ने गरि पालिका अगाडी वढेको छ । चिस्यान केन्द्र निर्माण पछि कृषक आफैले उत्पादित वस्तुको भण्डारण र विक्री गरि आयआर्जनमा वृद्धि गर्नेछ, श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित