७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

धुवाँकोट को सिल्लिखोला बृहत खानेपानी योजनाको ११ सदस्यीय समिति गठन

७ माघ, गोरखा । पालुङटार नगरपालिका वडा नम्बर ८ को सिल्ली खोला बृहत धुवाँकोट खानेपानी योजना मा भोजराज पाठक अध्यक्ष भएका छन् ।

गत पौष २२ गत्ते को साधारण सभामा भोजराज पाठक र गणेश थापा ले अध्यक्ष दाबी गरेपछी समिती गठन हुन सकेको थिएन । समिती को गठन हुन नसके पछि माघ ७ गत्ते निर्बाचन गरेर समिति गठन गर्ने निर्णय गरिएको थियो । हिजो मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको मा हिजै बसेको बैठक बाट भोजराज पाठक र गणेश थापा बिच आधा/आधा कार्यकाल नेतृत्व गर्ने र पहिलो कार्यकाल चिट्ठा तानेर जस्को भागमा पर्छ उसैले गर्ने सहमति भएपछि चिठ्ठा मार्फत भोजराज पाठक अध्यक्ष बनेका हुन् । जसको उपाध्यक्ष मा कमला कारखेती, सचिब मा इच्छाकाजी श्रेष्ठ ,कोषाध्क्ष मा राजेन्द्र कुमार श्रेष्ठ सहित सदस्यहरुमा गुना नेपाली, प्रेमनारायण श्रेष्ठ,काशीराम कडेल, अन्जु पन्त ,लक्ष्मि कडेल , शुशिला काराखेती र हरिचन्द्र अधिकारी रहेका छन् ।

सिल्ली खोला बृहत खानेपानी योजना २०७६ सालमा सुरुवात भएर २०७९ भाद्र २९ गत्ते तत्कालिन प्रदेश का उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य को प्रमुख आतिथ्यतामा हस्तान्तरण भएको थियो । करीब ४ करोड योजना को खानेपानी योजना बाट ४९९ घर धुरी लाभान्वित भएको नबगठित समितिको सचिब इच्छाकाजी श्रेष्ठ ले बताउनु भयो । अहिले २४ घन्टा उपभोक्ता को धारामा पानी खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित