पालुङटार ७ च्याङ्ली मा तेस्रो वडा स्तरीय फुटबल प्रतियोगिता हुने

माघ ७, गोरखा । पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लिमा तेस्रो वडा स्तरीय सेभेन एसाइड फुटबल प्रतियोगिता हुने भएको छ ।
खेलकुद नै ब्याक्तित्व र सामुहिक बिकास को लागि भन्ने मुल नारा को साथ यहि माघ १७ गत्ते देखि २१ गत्ते सम्म न्यु रियल सनस्टार युवा क्लब आहालेबर को आयोजना मा आलेबर फुटबल मैदान खेल हुने बताइएको छ ।
कार्यक्रम पालुङटार नगर प्रमुख बिबस चिन्तन अजय को प्रमुख आतिथ्यता मा हुने फुटबल आयोजना का संयोजक कमल गुरुङले जानाकारी दिनु भएको छ । माघ १४ गत्ते देखि १६ गत्ते सम्म टिम दर्ता गर्न को लागि पत्रचार गरिसकिएको उहाँले बताउनु भयो । टिम दर्ता शुल्क २०००+५०० रहेको पनि उहाले जानाकारी गराउनु भएको छ ।
उक्त फुटबल खेलमा प्रथम हुने टिम लाई ३५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र त्यस्तै दोसो हुने टिम लाई २१ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक ,उत्कृष्ट डिफेन्डर , र हाइ स्कोरर लाई एक हजार नगद सहित मेडल पुरस्कार रहेको पनि उहाँले बताउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्