६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार नगरपालिकाका मेयर बिवस चिन्तनको स्वकिय सचिव माथि कार्यालय भित्र कुटपिट

गोरखा, ७ माघ । पालुङटार नगरपालिकाका मेयर बिबस चिन्तनका स्वकीय सचिव असोक मरहट्टामाथि कार्यालय भित्र कुटपिट भएको छ ।

शनिबार दिउँसो कार्यालय भित्र पुगेका माओवादी निकट व्यवसायी दुर्गालाल श्रेष्ठले स्वकिय सचिव मरहट्टामाथि निर्धात कुटपिट गरेको माओवादी केन्द्र पालुङटार नगरपालिकाका कोषाध्यक्ष बिकास भट्टराईले जानकारी दिनुभयो । कुटपिटबाट उहाँको घाँटी र गाला सुनिएको छ ।

निर्वाचन खर्चका बिषयमा सामान्य कुराकानी भइरहेका बेला श्रेष्ठले एक्कासी तानेर घाँटीमा हिर्काएको स्वकिय सचिव मरहट्टाले जानकारी दिनुभयो । कुटपिटको भिडियो फुटेज नगरपालिकाको सिसिटिभी फुटेजमा समेत देखिएको छ ।

कुटपिटबाट घाइते भएका मरहट्टाको आँपपिपल अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन्  । घटनापछि पिडितले इलाका प्रहरी कार्यालय ठाँटीपोखरीमा दोषीलाई कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित