६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार नगरपालिकामा दोस्रो राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

 गोरखा, ७ माघ ।  गोरखाको पालुङटार नगरपालिकामा  दोस्रो राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।

 

पालुङटार नगरपालिकाको आयोजनामा सुरुभएको रनिङ शिल्ड प्रतियोगिता गण्डकी प्रदेशका नवनिर्वाचित सभामुख कृष्ण धिताल प्रमुख आतिथ्यतामा सुरु भएको हो। पालुङटार नगरपालिका वडा नम्बर ५ ठाटी पोखरीमा आजैदेखि सुरुभएको कार्यक्रममा विशेष अतिथिको रुपमा पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे रहनु भएको थियो ।

प्रतियोगिता नगरप्रमुख विवश चिन्तनको अध्यक्षतामा भएको  हो । उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका विकास भट्टराई, नेपाली कांग्रेसका बिमल ढकाल, नेकपा एमालेका बसन्त कुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवजी पाण्डे,  नेसपाका नारायणी अधिकारी, प्रधानाध्यापक दामोदर देवकोटा ,लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

पालुङटार नगरपालिका भित्रका तेह्र  वटा सामुदायिक विद्यालयहरूले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिता माघ ९ गते सम्म सञ्चालन हुनेछ। आज भएको खेलमा छात्रा तर्फको भलिबल,  छात्र छात्रा  तर्फको long jump,  छेलो  लगायत को खेलहरू भए  भने बाँकी खेलहरु भोलि र पर्सि  हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित