७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

अपहरणपछि हत्या गरेको आशंकामा ५ जना पक्रउ

काठमाडौं, ८ माघ । अपहरणमा परेका दुईजनाको भारतमा हत्या भएको छ ।

धनुषाको  जनकपुरधामका सम्पर्कविहीन रहेका २ जना युवा  १३ दिनदेखि सम्पर्कविही थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरू छिमेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार गत पुस २७ गते भारत गएका दुई युवा सम्पर्क विहीन भएको खबर आएको थियो। उनीहरू भारत सितामढी जिल्ला बेला परिहारमा रहेका आफन्तको घरमा गएका थिए । तर उनीहरू आफन्तको घरमा नपुगेपछि खोजी गरिएको थियो।

५० लाख फिरौती रकम माग गर्दै परिवारलाई भारतीय नम्बरबाट फोन आएपछि उनीहरू अपहरणमा परेको आशंका गरिएको हो। उनीहरू अपहरणमा परेकोबारे गत पुस २९ गते परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए ।

गए राति करिब २ बजे उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेको थियो। जमिनमा गाडेको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले धनुषाबाट २ जनालाई पक्राउ गरेको छ । भारतीय प्रहरीले पनि ३ जनालाई पक्राउ गरेको छ।

शवको सनाखतको लागि डिएसपी दीपक राय मृतकका परिवारका सदस्यसँगै भारत पुगेका छन् । यस्तै मधेश प्रदेश प्रहरी कार्यालयबाट पनि यो घटनाबारे प्रहरी निरीक्षकको टोलीले अनुसन्धान गरिरहेको छ ।

अपहरणकारीलाई विष्णुको परिवारले २० लाख दिन राजी भएका थिए। तर अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित