७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।

कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ः०० बजे निधन भएको अस्पतालले जनाएको छ।  

इलाम घर भएका आचार्यले मंगलबार शरीरमा पेट्रोल हालेर आत्मदाहको प्रयास गरेका थिए ।अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो। जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट तत्कालै उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित