७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

पालुङटार ७ च्याङ्लिमा तेस्रो वडा कप सुरु ।

माघ १७, गोरखा । पालुङटार नगरपालिका ७ मा आज बाट तेस्रो सेभेन ए साइड वडा कप फुटबल सुरु भएको छ ।

न्यु रियल सनस्टार युवा क्लब आहालेबर को आयोजना मा क्लब का अध्यक्ष सन्तोष कुमालको अध्यक्षतामा भएको हो । आहालेबर फुटबल खेल मैदानमा  भएको कार्यक्रम मा पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल को प्रमुख आतिथ्यतामा भएको  भएको हो । प्रतियोगिता को उद्घाटन सत्रमा स्वागत मनतब्य न्यु रियल सनस्टार युवाको उपाध्यक्ष रमिला कुमाल ले गर्नु भएको थियो भने वडा सदस्य खोप बहादुर थापा र प्रमुख अतिथि वडा अध्यक्ष अर्जुन कुमाल ले मनतब्य राखेका थिए ।कार्यक्रम सन्चालन गणेश कुमाल ले गरेका थिए ।

आज को उद्घाटन खेल खत्रीटार केयाफ्सी युवा क्लब र माइलिटार युवा क्लब बिच भएको थियो । उक्त खेलमा मा माइलिटार युवा क्लब ले खत्रीटार केयाफ्सी लाई २-१ गोलले हरायो । पहिलो खेलको म्यान अफ द म्याच माइलिटार युवा क्लब का किरण थापा मगर ले प्राप्त गरे  भने दोस्रो खेलम न्यु रियल सनस्टार युवा कल्ब र सुर्यज्योती युवा क्लब बिच भएको  खेलमा सुर्यज्योती युवा कल्ब ले न्यु रियल सनस्टार लाई २-१ गोल ले हारायो दोस्रो खेलको म्यान अफ द म्याच रिजन कुमाल ले पाए ।

उक्त फुटबल खेल प्रतियोगितामा प्रथम हुने टिम लाई ३५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र त्यस्तै दोसो हुने टिम लाई २१ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक ,उत्कृष्ट डिफेन्डर , र हाइ स्कोरर लाई एक हजार नगद सहित मेडल पुरस्कार रहेको छ ।

खेलमा वडा नं ७ भित्रका १७ टिमको सहभागिता रहेको आयोजक का संयोजक कमल गुरुङले बताएका छन् खेल माघ २१ गत्ते सम्म चल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित