७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

अर्को बैंकको एटीएम प्रयोग गर्दा निःशुल्क पाउने सुविधा हटाइयो, १५ रुपैयाँ लाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकाल्दा लाग्ने शुल्क घटाएको छ ।

अर्को बैंकको एटीएम प्रयोग गर्दा यसअघि २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था थियो । राष्ट्र बैंकले निर्देशिका जारी गर्दै अब २० रुपैयाँ शुल्कलाई १५ बनाएको हो ।

एउटा बैंकको एटीएम प्रयोग गरेर अर्कोबाट रकम निकाल्दा यसअघि हरेक महिना दुईपटकसम्म शुल्क नलाग्ने व्यवस्था थियो । त्यसपछि प्रत्येकपल्ट २० रुपैयाँ शुल्क लाग्ने गर्थ्यो । राष्ट्र बैंकले अब पाँच रुपैयाँले शुल्क घटाएर निःशुल्कको सुविधा हटाएको हो ।

राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि, बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था थियो । त्यसलाई बढाएर प्रतिदिन दुई लाख लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था गरिएको छ ।

वालेटबाट अरू बैंकको खातामा पठाउने पैसाको सीमा बढाइएको छ । ५० हजारबाट दुई लाखसम्म पठाउन पाउने सीमा तोकिएको छ । 

एउटा मोबाइल वालेटबाट दिनमा २५ हजार पठाउने सीमालाई बढाएर ५० हजार पुर्‍याइएको छ । 

क्यूआर कोडबाट तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने भएको छ । यसअघि, यसरी दुई लाखसम्मको कारोबार गर्न सकिन्थ्यो ।

सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)को शुल्क पनि घटाइएको छ । तीन हजारसम्मको राजस्व बुझाउँदा पाँच रुपैयाँ शुल्क लाग्ने गरेकामा त्यसलाई पाँच हजार रुपैयाँसम्म तिर्दा पाँच रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।

तीन हजार रुपैयाँसम्मको कारोबारमा पाँच रुपैयाँ र पाँच हजार एक रुपैयाँदेखि १० हजारसम्म आठ रुपैयाँ शुल्क तोकिएको छ । यसअघि, तीन हजार एकदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा आठ रुपैयाँ शुल्क लाग्थ्यो । यस्तै, १० हजार एकदेखि माथिको कारोबारमा १० रुपैयाँ शुल्क लाग्नेछ । यसअघि, २० रुपैयाँ शुल्क लाग्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित