६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखा नगरपालिका र गोरखा अस्पतालको संयुक्त आयोजनामा निशुल्क स्वास्थ शिविर सम्पन्न

शिविरमा ३ सय ६३ जनाले उपचार सेवा लिएका उहाँले बताउनुभयो । जसमध्ये १ सय ७७ जनाले नसर्ने रोगको परिक्षण स्वास्थ्य गराएका थिए भने ३८ जनाले नर्मल क्यानसार प्रारम्भिक जाँच गराएको रेग्मीको भनाई छ । त्यस्तै ३१ जनाको क्षयारोग परीक्षण, १ सय ६ जनाको मधुमेह र ११ जना गर्भबतीको भिडियो एक्सरे जाँच गरिएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

शिविरमा बिषेशज्ञ चिकित्सक गुणराज लोहनी, गोरखा अस्पतालका निमित्त सुपरिटेन्डन डा। हरि कुमार श्रेष्ठ, ईन्टरनल मेडिसियन बिशेषज्ञा डा। कुशल जंग जोशी र मेडिकल अधिकृत अर्जुन सापकोटा सहितको टोलीले उपचार सेवा प्रदान गरेको गोरखा अस्पतालले जनाएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले बिहान एक कार्यक्रमका बिच स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सबै नागरिकमा स्वास्थ्य उपचारको पहुँच पु¥याउन सरकारकोे दायित्व भएकाले सरकारले नितिगत रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गोरखा नगरपालिका भित्रका जनतालाई स्वास्थ्यमा क्षेत्रमा सुधार गर्नका लागि नगरपालिका लागि परेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिविरमा उपचार सेवा लिएका बिरामीहरुलाई आबश्यकताका आधारमा निशुल्क औषधी बितरण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित