७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

गोरखामा ३० बर्षिय एक महिलाको शव फेला

गोरखा, २४ माघ :  गोरखामा आज दिउँसो एक महिलाको शव फेला परेको छ । गोरखा नगरपालिका–१२ रत्नेटार घर भएकी ३० बर्षिय बिमला कुमालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

घरबाट झण्डै एक किलोमिटर टाढा कुमालको शव भेटिएको उहाँले बताउनुभयो । स्थानीयबासीहरुले केराघारीमा महिलाको शव भेटिएको भन्ने बारेमा प्रहरीलाई जानकारी दिएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

दिउँसो करिब १ बजेको समयमा स्थानीयबासीहरुले महिलाको भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा शवको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको डिएसपी लामिछानेले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित