जनयुद्ध दिवस को दिन पालुङटार नगरपालिका मा सार्बजनिक बिदा दिइने

माघ २७ गोरखा । पालुङटार नगरपालिले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदा दिने भएकाे छ ।
२०७९/१०/२६ गते बिहिबार बसेकाे कार्यपालिकाकाे निर्णय अनुसार फागुन १ मा सार्वजानिक विदा दिने निर्णय गरेकाे पालुङटार नगरपालिका नगर प्रमुखका स्वकिय सचिव अशाेक मरहट्टाले जानकारी दिए ।
सार्वजनिक बिदाको दिन नगरपालिका को कार्यालय, पालिका अन्तर्गतका कार्यालयहरु र शौक्षिक संस्थाहरुमा बन्द हुने नगरपालिका ले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
जनयुद्ध सुरुभएकाे दिनकाे समझनामा माओवादीले फागुन १ गतेलाइ दिवसकाे रुपमा मनाउदै आएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्