७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

बिना लाइसेन्स स्कुटर चलाउने वडा सदस्य जेल चलान

पोखरा – पोखरा महानगरपालिका वडा नम्बर ३३ कि वडा सदस्य लिलादेवी नेपाली पुर्पक्षमा रहने गरी जेल चलान भएकी छिन।

नेपालीले चलाएको बा ९ प ५६४९ नम्बरको स्कुटरलाई वा २ क ६२१९ नम्बरको ट्रिपरले ठक्कर दिदा उनीसंगै स्कुटर चढेकी उनकी आमाको मृत्यु भएकोमा स्कुटर चालक अमेत रहेकी वडा सदस्य नेपालीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको खुले पछि अदालतले उनलाई पुर्पक्षमा रहने गरी जेल पठाएको हो।

प्रहरीका अनुसार, गएको पुष १३ गते शुक्लागण्डकी गाउँपालिका २ हलेदीमा भएको उक्त सवारी दुर्घटना पश्चात फरार रहेकी वडा सदस्य नेपालीलाई प्रहरीले माघ ८ गते पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँले आबश्यक अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत तनहुँमा आबश्यक कारबाहीका लागि पेश गरेकोमा अदालतले वडा सदस्य नेपालीलाई माघ १२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उनीसंगै ट्रिपर चालक तिलक श्रेष्ठलाई पनि पुर्पक्षको लागि थुनामा रहने गरी जिल्ला अदालत तनहुँले तनहुँ जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ।

नेपालको कानूनमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउँदा सवारी दुर्घटना भई मानिसको ज्यान गएमा ज्यान सम्बन्धी मुद्दा लाग्ने ब्यबस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित