७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

महेन्द्रपुलको रेलिङमा कार ठोक्कियो, चालक र २ पैदलयात्री घाइते

पोखरा, २९ माघ,

पोखराको महेन्द्रपुलमा आइतबार दिउँसो कार दुर्घटना भएको छ । दुर्घटनामा कारचालक सहित २ जना पैदलयात्रु घाइते भएका छन् ।

दिउँसो पौने २ बजेतिर बा १३ च २६६२ नम्बरको निजीकार पार्किङबाट ब्याक गरेर निकाल्नेक्रममा एक्कासि महेन्द्रपुलको दक्षिणतर्पmको रेलिङमा ठोक्किन पुगेको हो । कारको अगाडि भागले रेलिङ भत्काए पनि नदीमा खस्नबाट भने जोगिएको छ ।

दुर्घटनामा कार चालक तनहुँका डा. चन्द्रबहादुर थापा घाइते छन् । सो कारको ठक्करले २ पैदलयात्रु घाइते भएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिकाकी वर्ष ५२ की कुलमाया बिक र उनका १८ वर्षीय छोरा विष्णु बिक घाइते छन् । उनीहरुलाई उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पैदलयात्री २ जनाकै अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

क्षतिग्रस्त कारलाई क्रेन सहयोगमा बाहिर निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित