६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

च्याङ्ली को शिबरात्रीटार मा शिबरात्री को दिन सांस्कृतिक कार्यक्रम हुने ।

फागुन १ गोरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङली खोलाघाट मा रहेको  मंगलेश्वर महादेव मन्दिमा शिवरात्रीकाे दिन बिशेष  सांस्कृतिक  कार्यक्रम गरिने भएको छ ।

हरेक  बर्ष बिबिध कार्यक्रम गरिदै आएको मा यो बर्ष  पनि सांस्कृतिक कार्यक्रमहरू गरिने भएको हो । फागुन ६ गते शनिबार शिवरात्रीकाे दिन बिहानै देखि भक्तजनहरूले पूजापाठ गर्नेछन भने दिनभर पण्डित गाेविन्द रेग्मीकाे मुखारविन्दबाट शिव पुराण बाचन गरिने छ । भने सांझदेखि रातभर बिबिध मनाेरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।

कार्यक्रम च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको आयाेजना मा हुने  सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कंडेलले जानकारी दिएका छन्  । कला संस्कृति जाेगाउने उदेश्यले हरेक बर्ष यस स्थानमा बिबिध कार्यक्रमहरू सञ्चाालन गर्दै आइरहेकाे र साे अवसरमा सहयाेग प्राप्त रकमबाट मन्दिरमा आवश्यक पूर्वाधारहरू थप गरिदै लगिएकाे अध्यक्ष कंडेलले जानकारी दिएका छन् ।

बिगत लामाे इतिहास बाेकेकाे यस च्याङलीकाे महत्वपूर्ण गहनाकाे रूपमा रहेकाे यस मन्दिर क्षेत्रमा धेरै पूर्वाधारहरूकाे बिकास गरी धार्मिक गन्तव्यकाे रूपमा बिकास गर्नुपर्ने वडाध्यक्ष अर्जुन कुमालले बताएका छन् ।

कार्यक्रम को मुख्य आकर्षक कलाकार चिज गुरूङसहित गामरबेसी राेधिघरकाे प्रस्तुति रहनेछ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित