६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

चैत्र ४ गते तेस्रो लिगलिगे साइकल दौड हुने

गोरखा । गोरखाको लिगलिगमा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता ०७९ साल चैत्र ४ गते सञ्चालनमा आउने आयोजक संस्थाले जानकारी दिएको छ ।

लिगलिग भिलेज स्पोर्टस आयोजनामा हुन लागेको साइकल दौड ५३ किलो मिटरको रहेको अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए । नेपालकै ठुलो साइकल दौड मानिएको यो प्रतियोगितामा बिदेशीहरुको समेत सहभागीता हुने गरेको छ ।

दौड पालुङटार नगरपालिकाको लिगलिगमा रहेको राष्ट्रिय झण्डा भएको स्थानबाट सुरु भएर पुनः सोही स्थानमा फर्किएर समापन हुने आयोजक संस्थाका सचिव प्रमिला राना मगर गुरुङले बताईन ।

दौड लिगलिगकोटबाट हर्मी भञ्ज्याङ–मकुन डाडाँ–आँपपिपल अस्पताल–बिरबारी–ओख्ले पुल हुदै लमजुङको राईनास–गरमबेशी हुदै पुनः गोरखाको चेपेघाट–हवाई ग्राउण्ड–तालपोखरी–ठाटीपोखरी–लुईटेल–बडडाडाँ–मैबल–बिजुली डाडाँहुदै पुनः लिगलिगकोट पुगेपछि दुरी समाप्त हुने सचिव गुरुङले जानकारी दिईन ।

 
प्रतियोगितालाई ३ फरक भागमा विभाजन गरेर आयोजना गरिएको छ । पुरुष कुलिन, पुरुष मास्टर र स्थानिय गरी ३ विधामा पुरस्कारको ब्यवस्था गरिएको कोषाध्यक्ष बिजय पाण्डेले बताए । पाण्डेका अनुसार पुरुष कुलिन तर्फ  समूहका सहभागीहरु तर्फ प्रथमदेखी पाँचौ स्थानसम्मलाई ७५, ५०, ३०, १५ र ७ हजार ५०० रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

नेपाल

त्यस्तैगरी, पुरुष मास्टर समूहमा प्रर्थम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद प्रदान गरिने छ । भने स्थानिय तर्फ पालुङटार, गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका तथा लमजुङको राईनास र भानु नगरपालिका सहभागीहरु भने क्रमश प्रर्थम, द्वितिय र तृतिय हुनेलाई .५, ३ र २ हजार नगद प्रदान गरिने भएको छ ।

गत बर्षको दौडमा २ जना विदेशी सहित ८५ जनाले सहभागीता जनाएकोमा यस बर्षको दौडमा १० जना विदेशी सहित १०० जनाले सहभागीता जनाउन सक्ने आयोजकले अनुमान गरेको छ ।

दौडलाई पालुङटार र गोरखा नगरपालिका साथै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले प्रायोजन गरेको छ भने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, गोरखाको सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिकाले सह–प्रायोजन गरेको छ ।

आयाेजकले दाैडमा सहभागी हुनका लागी प्रति ब्यत्ती १ हजार ५०० रुपैयाँ दस्तुर ताेकेकाे छ । दाैडकाे प्रर्बद्दक नेपाल पर्यटन बाेड र प्राविधिक सहयाेग नेपाल साइक्लिङ संघ र राष्ट्रिय खेलकुद परिषद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित