७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

निर्वाचनका क्रममा आफुले गरेका प्रतिबद्धता कार्यान्वयन प्रक्रियाको राम्रो सुरुवात: प्रचण्ड

गोरखा, ७ चैत्र ।  गोरखा को  हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडकको आज प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले शिलान्यास गर्नुभएको छ ।                          प्रधानमन्त्री दाहालले पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडकको शिलान्यास केवल एउटा सडकको शिलन्यास मात्र नभएर आफूले निर्वाचनमा जनतासंग गरेका प्रतिबद्धताहरु पुरा गर्ने एउटा प्रक्रियाको उद्घाटन समेत भएको बताउनुभयो । ‘निर्वाचनका क्रममा मैले गरेका प्रतिबद्धता कार्यान्वयन प्रक्रियाको राम्रो सुरुवात यो सडकको शिलन्यासबाट भएको छ, उहाँले भन्नुभयो, ‘देशभरिको सडक सञ्जाल र भौतिक पूर्वाधार बिकासको सन्र्दभमा बजेटको अभाव हुन नदिनको निम्ति मैले   सदनमा सरकारले बिश्वासको मत लिएसंगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको बताउनुभयो । प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन नेपाली काग्रेस लगायतका अन्य दलहरुसंग छलफल भइरहेको जानकारी दिनुभयो ।

‘हिजोबाट फेरी एउटा राजनीतिक वातावरण बनेको छ, लय पक्रिएको छ, उहाँले भन्नुभयो, सदनमा रहेका झण्डै एघार वटा पार्टीहरुको विश्वासको मत सहित अव छिट्टै हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौ ।’उहाँले प्रदेश सरकारहरु पनि तत्काल पुर्नगठन हुने बताउनुभयो । ‘सवै प्रदेशहरुमा आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्ने गरि हामीे सवै प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा छौ, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘जनताको बिकास, निर्माण र सम्बृद्धिको आकांक्षा सम्बोधन गर्न एकिकृत रुपमा काम अगाडी बढाउने योजना सहित तिनवटै तहका सरकार बिच बृहत बैठकको आयोजना समेत गर्न लागिएको छ ।’उहाँले तिनै तहको सरकार मार्फत देशभरीका बिकास निर्माणका कामलाई गति दिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालको बिकासको मोडालिटीमा पुर्नबिचार गर्नु पर्ने आवश्यकता रहेको समेत औल्याउनु भएको छ । सडकको बिकासले मात्र बिकास हुन नसक्ने भन्दै उहाँले कृषि, शिक्षा, रोजगारीसंग जोडेर सडक निर्माण गर्न सकेमात्र बिकासले फड्को मार्ने सक्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले चुनाव लड्दा बनेको राजनीतिक समिकरणबाट बिश्वासको मत लिएको भोलिपल्टै गोरखा आएर सडक शिलन्यास गर्न पाउनु खुशीको कुरा भएको उल्लेख गर्नुभयो । उहाँले आरुघाट बेनिघाट लार्केको सडकखण्ड निर्माणको कामलाई तिव्र रुपमा अगाडी बढाउने तयारी भइरहेको बताउनुभयो । त्यस्तै गोरखाकाली रवर उद्योग पुनः सञ्चालन गर्नका लागि टिम बनाएर मोडालिटी तयार गर्नका लागि छलफल गरिरहेको प्रधानमन्त्री दाहालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित