७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

गोरखामा फरार महिला अभियुक्त पक्राउ

गोरखा, १३ चैत । गोरखामा एक जना फरार महिला अभियुक्त पक्राउ परेकी छन् । भिमसेन थापा गाउँपालिका वडा नं ८ बोर्लाङकी हिरा देवी श्रेष्ठलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो।

कर्तव्य ज्यान कसूर मुद्धामा ५ महिना १३ दिन कैद तोकिएका उनी लामो समय देखि फरार रहेका थिए ।

गोरखा जिल्ला अदालतबाट कैद तोकिई फरार रहेका अभियुक्तहरु पक्राउ गर्नको लागि फैसला कार्यान्वयन बिशेष टोली गठन गरी परिचालन गरिएको छ । सोही टोलीले उनलाई पक्राउ गरिएको हो ।

प्रकाउ गरी उनलाई कैद असूल उपरका लागि हिजो नै जिल्ला अदाल गोरखामा पठाएको थियो । अदालतबाट पक्राउ परेका श्रेष्ठलाई कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित