७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही नउम्किऊन् भनेर निर्देशन दिएको छु: गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा कोही पनि दोषी उम्कन नहुने बताएका छन्।

आफूले प्रहरी प्रशासनलाई दोषी जति नै शक्तिशाली वा पहुँचवाला भए पनि नछोड्न निर्देशन दिएको उनले बताए।

‘दोषी कोही पनि नउम्किऊन् तर निर्दोष कोही पनि नमुछिऊन् र उनीहरूको प्रतिष्ठामा आँच आउने काम नहोस् भनेर मैले निर्देशन दिएको छु,’ मन्त्री श्रेष्ठले सेतोपाटीसँग भने,‘अनुसन्धानका नाममा निर्दोषले दु:ख पाउने काम नहोस् भन्नेतर्फ पनि सचेत रहन भनेको छु।’

यो प्रकरणमा सुरक्षा निकायले चनाखो भएर काम गरिरहेको उनले बताए।

नक्कली शरणार्थी  प्रकरणको अनुसन्धानका लागि बुधबार प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ भने जिल्ला अदालत काठमाडौंले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ।

पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित