याे त ट्रेलर मात्रै हाे, सिङ्गो फिल्म आउनै बाँकी छ : प्रधानमन्त्री प्रचण्ड
शनिवार आज काठमाण्डौमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको हो । उहाँले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताउनु भयो ।
उहाँले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ ।’
उहाँले अब आफूहरुलाई ठूला घेराबन्दी र दबाबहरु आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय, श्रमजीवि जनसमुदाय आफ्नाे साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताउनु भयो
प्रतिक्रिया दिनुहोस्