८ मंसिर २०८१, शनिबार । Nov 23, 2024

डिजल र मट्टीतेलकाे भाउ लिटरमै १० रुपैयाँले घट्याे, पेट्राेलकाे यथावत्

काठमाण्डाै – सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ । नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे हाे । 

निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएकाे छ । अब डिजल र मट्टीतेलकाे भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएकाे छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएकाे छ । 

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले पेट्राेलकाे भाउ प्रतिलिटर एक सय ७५, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ६० र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित