७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

गोरखामा गैंडाको खागजस्तो देखिने अखेटोपहारसहित ९ जना पक्राउ

गोरखा, ४ जेष्ठ । गोरखामा वन्यजन्तुको अखेटोपहारसहित बिभिन्न स्थानबाट नौ जना पक्राउ परेका छन् । गोरखा नगरपालिका–११ बाट तीन जना र पालुङटार नगरपालिकाबाट ६ जना पक्राउ परेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

गत जेठ १ गते राती गैंडाको खागजस्तो देखिने अखेटोपहारसहित उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो । गोरखा नगरपालिकाबाट पक्राउ पर्नेमा कमला न्यौपाने, जानुका देवकोटा र जानुका कुमाल रहेका छन् । घरमा अखेटोपहार भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले बैशाख ३१ गते उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै पालुङटारबाट पक्राउ पर्नेमा पानपा–५ का बेदम परियार, वडा नम्वर ६ का सोनाम तामाङ, आँवुखैरेनी–३ का कृष्ण शर्मा, चितवन भण्डाराका केशव चौधरी, चितवनको माडी नगरपालिका–५ का जीवन महतो र भरतपुर महानगरपालिका–२ कुमारी चौधरी रहेका छन् । कारवाहीका लागि उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित