७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

दलित तथा सिमान्तकृत समुदायलाई बाख्रा बितरण

गोरखा, ११ जेठ ।  गोरखाको गण्डकी गाउँपालिकाले पालिका भित्र गरिबी न्यूनीकरणका लागि दलित तथा सिमान्तकृत समुदायलाई बाख्रा बितरण गरेको छ । गाउँपालिकाले पालिकाका दुईवटा वडा भित्र रहेका दलित तथा सिमान्तकृत समुदायको आर्थिक आयआर्जन बृद्धि र क्षमता बिकासमा सहयोग पु¥याउने उद्देस्यले बाख्रा बितरण गरेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।

दलित तथा सिमान्तकृत समुदायले सञ्चालन गर्दै आएका दुईवटा कृषक समुहलाई छनोट गरेर बाख्रा बितरण गरेको उहाँको भनाई छ । ‘वडा नम्बर १ र २ मा कार्यक्रम अन्तर्गत लक्षित समुदायलाई बाख्रा वितरण गरिएको हो, अध्यक्ष तिमल्सिनाले भन्नुभयो, ‘पिछडिएको बर्ग समुदायको आर्थिक विकासमा परिवर्तन नल्याएसम्म सम्बृद्धि सम्भव छैन, गाउँपालिकाले विपन्न बर्ग समुदायको आर्थिक बिकासमा जोड दिदै आएको छ ।’

गरिबी न्यूनिकरणका लागि दलित तथा सिमान्तकृत समुदायका आर्थिक बिकास गर्दै उनीहरुको क्षमता बिकासलाई प्राथामिकता दिनुपर्ने उहाँको भनाई छ । ‘वडा नम्बर १ स्थित बुटार दलित कृषक समूहलाई ४० वटा र वडा नं २ स्थित भलायडाँडा चेपाङ महिला कृषक समूहलाई ४४ वटा बाख्रा वितरण गरिएको छ, अध्यक्ष तिमल्सिनाले भन्नुभयो,‘ अन्य वडाहरुमा त्यस्ता समुदायलाई लक्षित गरेर आर्थिक बृद्धिबिकास हुने खालका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

गाउँपालिका अन्य वडाहरुमा लक्षित समुदायको मागका आधारमा समुहगत रुपमा बाख्रा, भैसीको पाडी, तरकार खेतीका लागि मल र विऊ वितरण तथा क्षमता विकास कार्यक्रम अन्तरगत सिलाई बुनाइ तालिम सञ्चालनको कार्यक्रम रहेको उहाँले बताउनुभयो । गाउँपालिका भित्र दलित तथा सिमान्तकृत समुदायबाट ३२ वटा समूह दर्ता भई सञ्चालनमा रहेको अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।

यस्ता खालका कार्यक्रमहरुले लक्षित समुदायको आजआर्जनमा बृद्धि भई उनीहरुको जीवनस्तर सुधारमा मद्दत पुग्ने उहाँको भनाई छ । ‘दलित तथा सीमान्तकृत समुदायको आजआर्जनमा वृद्धि भइ जीवनस्तर सुधार गर्न मद्धत पुग्ने अपेक्षा लिएको छ ।

‘दलित तथा सिमान्तकृत समुदायको बिकास र आर्थिक आयआर्जन बृद्धि गर्न सहयोग पु¥याउन संघिय सरकारबाट बिशेष अनुदानमा त्रियासी लाख रुपैया बजेट प्राप्त भएकाले सोही बजेटबाट पालिका भित्र योजना सञ्चालन गरिरहेको अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।

समुदायलाई वितरण गरिएको बाख्रा स्थानीय कृषकहरुबाट खरिद गरि वितरण गर्ने गरिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित