६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

जिप दुर्घटनामा आमाछोरासहित ५ जनाको मृत्यु

दुलीबाट खलंगातर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप सडकबाट ४०० मिटर तल खसेर दुर्घटना हुँदा एक आमाछोरासहित ५ जनाको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बिउनटाकुराले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ का ७७ वर्षका कर्ण बाठामगर, ४८ वर्षका देउचन खत्री र २३ वर्षकी शितला कुसारी, बाँफीकोट गाउँपालिका–८ कि २२ वर्षकी रेखा खनाल केसी र उनको २२ दिनका छोरा रोशन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१५ जना सवार दुर्घटनामा गम्भीर घाइते भएका ४ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ का २ वर्षका प्रशिद्ध कुसारी, सोही ठाउँका २० वर्षकी अनिता केसी, २२ वर्षका ललित बाठा मगर, ४० वर्षका प्रेम बाठा मगर रहेका छन् ।

त्यस्तै ७ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । जसमध्ये एक जना डिस्चार्ज भइसकेका प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित