६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

कोशीसको आयोजनामा पालुङटार नगरपालिकामा मनोसामाजिक निति तथा योजना तर्जुमा समन्धी कार्यक्रम सम्पन्न

१८ जेठ गोरखा – गोरखाको पालुङटार नगरपलिका मा मानसिक स्वास्थ्य तथा मनोसामाजिक स्वास्थ्य निति तथा आगामी बर्ष  वार्षिक योजना तर्जुमा सम्पन्न भएको छ ।

पालुङटार नगरपालिकाको सभाहलमा आज भएको कार्यक्रममा पालुङटार  नगरपालिकामा   मानसिक स्वास्थ्य को लागि नीति तता योजना  तर्जुमा को विषयमा  छलफल भएको हो ।

राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन, कोशिशको आयोजनामा भएको कार्यक्रममा कोशिश संस्थाका लमजुङ÷गोरखा परियोजना संयोजक विष्णु चिलुवालले पालुङटार नगरपालिकामा मानसिक तथा मनोसामाजिक स्वास्थ्य निती आवश्यकताको विषय र मानसिक स्वास्थ्यका क्षेत्रमा कोशिशले गर्दै आएका कार्य, चुनौतीको वारेमा बोल्नुभएको थियो । भने बिपिन घिमिरेले पालुङटार नगरपालिका भित्र कोशिश ले गरेको काम र भएको प्रगति विवरण को बारेमा जानाकारी दिनुभएको थियो ।

मानसिक स्वास्थ्य को क्षेत्रमा पालुङटार नगरपालिका सकारात्मक रहेको नगरप्रमुख बिबस चिन्तन ले बताउनु भएको छ । सामि परियोजना पनि मानसिक स्वस्थ्य को क्षेत्रमा काम गर्ने  सस्था भएकोले  कोशिश र सामि परियोजना मिलेर सामाजिक स्वस्थ्य को क्षेत्रमा नीति बनाएर अघि बढ्ने निर्णय भएको छ ।

कार्यक्रम पालुङ्टार नगरपालिका प्रमुख बिबस चिन्तन अजयको अध्यक्षतामा भएको  हो । कार्यक्रममा विशेष अतिथी उपप्रमुख बन्दना पान्डे,  नगरपालिकाका  प्रमुख प्रशासकिय अधिकृत  गौतम भन्डारी,  विभिन्न शाखाका अधिकृत र आपपिपल अस्पतालका मे सु डा सन्निकुमार शाह वडा अध्यक्षहरु, स्वाबलम्बन समूहका पदाधिकारी, सञ्चारकर्मी कोशिश संस्थाका मनोविद् आरती अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कोसिस का मनिसामाजिक परामर्श कर्ता बिपिन घिमिरेले सन्चालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित