हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न
गोरखा २१ जेठ – गोरखा को पालुङटार नगरपालिका मा रहेको हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
पालुङटार ५ राधाकृष्ण मा भएको सभाले पुन लक्षमण गिरि लाई अध्यक्ष मा सर्बसम्मत निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा रामचन्द्र बोगटी कोषध्याक्ष मा नबिना अधिकारी सचीव मा बिनोद गिरि सदस्य मा सध्या अछामी ,सन्दिप तामाङ ,रिता श्रेष्ठ र आशिष रानाभाट गरि एक सदस्य पछि थप्ने गरि ९ सदस्य समिती गठन गरिएको छ ।
२०७८ सालमा स्थापना भएको यस सस्था ले सामजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । दिन दुखी असाहाय लाई सहयोग गर्ने गर्द छ । साधारणसभा मा स्थापनाकालदेखी हालसम्म को आयब्याय र भएको कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्