६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

दमौलीमा खसी भनेर बाख्री काटेर बिक्री गर्ने दुई जना पक्राउ

तनहुँ २२ जेठ 
व्यास नगरपालिका–३ तरकारी लाईन स्थित महम्मद फिरोज मासु पसलमा खसी भनेर बाख्री काटेर बिक्री गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । भारत घर भई हाल व्यास ५ चापाघाटमा बस्दै आएका १९ बर्षीय ईस्तखार आलम र सोही स्थान निवासी ४० बर्षीय सनोज देवानलाई पक्राउ गरेको हो । 
बजार अनुगमनमा गएको टोलीले उक्त मासु पसल चेकजाँच गर्ने क्रममा खसीको मासु भनी बिक्री गर्नका लागि बाख्री काट्दै गरेको अवस्थामा फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । 
पक्राउ परेका दुवै जनाबिरुद्व कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धि कसुरमा मुद्वामा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 
मासु पसलहरुको गुणस्तर मापन गर्ने उद्वेश्यले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र गुणस्तर तथा नापतौल कार्यालय तनहुँको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित