स्याङ्जा २४ जेठ – स्याङ्जामा जिल्ला समन्वय समितिकाे गाडी दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।

आज बुधवार सिरुवारीबाट स्याङ्जा सदरमुकामका लागि छुटेको जिल्ला समन्वय समिति स्याङ्जाकाे गाडी दुर्घटना हुँदा चालक वालिङ नगरपालिका–४ का अमृत खनालकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । बा १ झ ५८७८ नम्बरको गाडी अर्जुनचौपारी गाउँपालिका–३ सहरे नजिक खोले भन्नेमा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेलसहित अन्य दुई जना अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका अर्जुनचौपारीका प्रहरी प्रमुख ख्यामबहादुर क्षेत्रीले जानकारी दिनुभयो । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ ।