६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

मानसिक स्वस्थ्य तथा आत्महत्या रोकथाम समन्धी कार्यक्रम सम्पन्न ।

पलुङ्टार न्युज,

गोरखा ६ असार ।

सिरान्चोक गाउपालिका वडा नम्बर ७ ले मानसिक स्वस्थ्य तथा आत्महत्या रोकथाम समन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । असार ५ गत्ते मंगलबार वडा नम्बर ७ का जनप्रतिनिधि स्वस्थ्यकर्मी , शिक्षाक,महिला स्वस्थ्य स्वयंसेवीका,टोलसुधार समिती र सहकारीलाई सहभागी गराइ वडाभरीमा मानसिक स्वास्थ्यको अबस्था र आत्महत्या रोकथाम कसरी गर्न सकिन्छ र सबै पक्षले आ-आफ्नो ठाउँबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषमा छलफल र अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

सिरान्चोक वडा नम्बर ७ को डडुगाउँमा रहेको पबित्रा सहकारीको सभाहलमा भएको कार्यक्रम सिरान्चोक वडा नम्बर ७ को आयोजना तथा कोसिस मानसिक स्वस्थ्य स्वलम्बन संगठनको समन्वय तथा सहयोगमा भएको हो ।

कार्यक्रम वडा ७ का वडा सदस्य निल बहादुर बस्नेतले गर्नु भएको थियो । कार्यक्रम संचालन वडा सचिब बिश्वानाथ पान्डेले गर्नु भएको थियो । विषयबस्तुको सहजीकरण कोसिस को मनोबिद आरती अधिकारी र मनोबिमर्शकर्ता बिपिन घिमिरेले गर्नु भएको थियो ।

कार्यक्रम पश्चात् सहभागीले उक्त कार्यक्रम असाध्यै प्रभाबकारी र समुदायको हितको निमित रहेकोले आगामी दिनमा पनि निरन्तरता पाएमा राम्रो हुने कुरा सुझाव दिएका थिए । भने केही सहभागीले मानसिक स्वस्थ्य प्रबर्द्धनको लागि पनि यस्ता कार्यक्रमल्र निरन्तरता पाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित