६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटारको खार खोला तातोपानीमा स्टिल ट्रस पुल निर्माण

गोरखा, १० असार । गोरखाको खारखोला तातोपानीमा स्टिल ट्रस पुल निर्माण सम्पन्न भएको छ । स्थानियको माग अनुसार हिमाली क्षेत्र विकास केन्द्र गोरखाद्धारा पुल निर्माण सम्पन्न भएको हो ।

पालुङ्टार नगरपालिका–१ खोप्लाङ र मिरकोटलाई जोडने उक्त पुल निर्माण संगै स्थानिय वासिन्दालाई बर्षामा आउजाउ गर्न सहज भएको पुल निमाण उपभोत्ता समितिका अध्यक्ष जीतबहादुर देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो ‘अब भने बर्षा याममा पनि हामीलाई मोटरबाटोसम्म आउजाउ गर्न सहज भएको छ ।’ सोही पुल भएर दुवै गाउँका सयौ घरपरिवारले मेलापात आउजाउ गर्ने र अन्नपात ओसार पसार गर्ने गर्दछन् ।

ट्रस पुल जम्मा लागत २४ लाख ८१ हजार २१५ रुपैयाँ ४३ पैसामा निर्माण सम्पन्न भएको हिमाली क्षेत्र विकास केन्द्र गोरखाका सचिव बिरबल घलेले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको लम्बाई २४ मिटर लामो रहेको छ । नेपाल सरकारको सशर्त अनुदान ८५ प्रतिशत, पालुङटार नगरपालिकाको १३ प्रतिशत र समुदायको २ प्रतिशत लागतमा पुल निर्माण भएको प्राविधिक रामकुमार घलेले बताउनुभयो ।

उक्त क्षेत्रमा पुल नहुँदा विगतका बर्षमा १ जना विदेशी र केही स्थानिय महिलाहरुलाई बगाएको स्थानियले जानकारी दिएका छन् । पुल निर्माण भए पछि स्थानियहरु खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित