६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

भुपु विद्यार्थीद्वारा विद्यार्थीलाई झोला बितरण ।

 साउन २९ गोरखा ।  गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ८ को जनकल्याण प्राबी मा विद्यार्थी लाई झोला वितरण गरिएको छ ।

हाल बैदेशिक रोजगारीमा रहेका विद्यालयका भूपू विद्यार्थी मिसन थापा, समिर बराम, ओम बहादुर बिक तथा सम्राट काराखेती को आर्थिक सहयोगमा बिधालयमा रहेका ४० जना विद्यार्थीहरुलाई झोला(school bag) वितरण गरेका हुन् ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमा पुवर क्षेत्रीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि वडा सदस्य सावित्रा सुनार र कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक भोज बहादुर थापाले गर्नु भएको थियो। कार्यक्रममा स्वागत भाषण शिक्षक शोभा शर्माले राख्नु भएको थियो भने सहयोगी स्पोन्सर को तर्फबाट मिसन थापाले आफ्नो धारणा राख्नु भएको थियो। आज नै उक्त सहयोगीसरूबाट विद्यालयलाई पुस्तकालय स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले रू.१७००- नगद पनि सहयोग गरेका छन् ।

उनिहरुले बिद्यालय का विद्यार्थीलाई जाडो महिनामा पनि न्यानो कपडा बितरण गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित