६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

होटेलमा मृत भेटिएकी सोनाका केटा साथी भुवनविरुद्ध ज्यान मुद्दा

धादिङको सिम्लेस्थित द क्लिफ साइट रिसोर्टमा मृत अवस्थामा भेटिएकी दोलखा कालिन्चोक गाउँपालिका– ८ की २५ वर्षीया सोना सिवाकोटीका केटा साथी भुवन श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप भई अनुसन्धान भइरहेको छ। 

२५ वर्षीया सोना गत २ असोजमा रिसोर्टको एट्याच बाथरुममा मृत अवस्थामा फेला परेकी थिइन्। उनी २२ वर्षीय भुवनसँगै रिसोर्टस्थित कोठामा बसेकी थिइन्। 

भुवन सोनासँग करिब ६ महिनादेखि सम्बन्धमा थिए। उनीविरुद्ध सोनाका परिवारले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा उनीविरुद्ध म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक गोविन्द शाहले जानकारी दिए। 

उनले भने, ‘गत २ असोजमा सोना रिसोर्टमा रहेको रुमको बाथरुममा मृत अवस्थामा भेटिइन्। घटनामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्। उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा म्याद थप भई अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार श्रेष्ठ धादिङको गजुरीमा इन्स्ट्रक्टर भई डान्स इन्स्टिच्युट चलाइरहेका छन्। जहाँ सोना पनि ६–७ महिनादेखि नृत्य सिकिरहेकी थिइन्। 

गजुरीस्थित नाडेप लघुबित्तमा काम गर्दै आएकी सोनासँग श्रेष्ठ नजिकिएका थिए। सोही क्रममा उनीहरू गत २ असोजमा छुट्टी मनाउन रिसोर्ट गएका थिए। पोस्टमार्टम रिपोर्टमा भने सोनाले झुन्डिएर आत्महत्या गरेको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित