६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

विश्वकप छनाेट : लाओससँग नेपालकाे बराबरी

काठमाण्डाै – फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेकाे छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले लाओससँग १–१ गाेलकाे बराबरी गरे । खेलमा लाओसले शुरुवाती अग्रता लिएकाे थियाे । उसका लागि खेलकाे ३३ औँ मिनेटमा कप्तान बौनफाचन बौनकोङले गाेल गरे । पहिलाे हाफमा लाओस १–० ले अघि रह्याे ।

खेलकाे दाेस्राे हाफकाे ४९ मिनेटमा नेपालले बराबरी गाेल फर्कायाे । नेपालका लागि अञ्जन विष्टले गाेल गरे । याे गाेलसँगै अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गाेलमा कीर्तिमान बराबरी गरेका छन् । अञ्जनकाे याे १३ औँ अन्तर्राष्ट्रिय गाेल हाे । नेपालबाट हरि खड्का र निराजन रायमाझीकाे पनि अन्तर्राष्ट्रिय गाेलकाे सङ्ख्या १३ छ । आफ्नो ६० औँ खेलमा सर्वाधिक गाेलकाे कीर्तिमानी बराबरी गरेका अञ्जनले सन् २०१४ मा फिलिपिन्ससँग खेल्दै राष्ट्रिय टाेलीबाट डेब्यु गरेका थिए ।

नेपाल र लाओसबीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुनेछ । दुई खेलमा अघि रहने टोली विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित