६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

सुदूरपश्चिमका पहाडी जिल्लामा असिना पानीले बालीनालीमा क्षति

काठमाण्डाै – सुदूरपश्चिमका पहाडी जिल्लामा असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ ।

दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, अछाम लगायतका जिल्लामा आइतवार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । असिनापानीले पाकेको धान, भटमास, कोदो र तरकारी नष्ट गरेको बैतडीको डिलाशैनी–७ का मदन धामीले जानकारी दिनुभयो ।

पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ । नेपालबाट हिजो मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  

हिजो बेलुका पश्चिमी क्षेत्र हुँदै पश्चिमी वायु प्रवेश गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वायुको प्रभावकै कारण गएराति पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परेको थियो । विशेषगरी आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । पर्सि बुधवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित