६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

नेपालले यूएईलाई ५ विकेटले हरायाे, दीपेन्द्रले १५ बलमा ४० रन बनाए

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएकाे छ ।

यूएईले दिएकाे १ सय ६५ रनकाे लक्ष्य नेपालले ओभरमा विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै कप्तान राेहित पाैडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामी र अविनाश बाेहाेराले २/२ तथा गुलसन झा र करण केसीले १/१ विकेट लिए ।

नेपाल समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । यस्तै नेपालले हङकङलाई दुवै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित