६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा, कुशल मल्लकाे सानदार अर्धशतक

काठमाण्डाै – मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायाे । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान ४ अङ्क भए पनि नेपाल नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

मलेसियाले दिएकाे १ सय ६६ रनकाे लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटायाे । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्ल ३४ बलमा ७ छक्का र २ चाैका प्रहार गर्दै ६५ रन बनाएर आउट भए । यस्तै कुशल भुर्तेल ४३ र आसिफ शेख ३२ रन बनाएर आउट भए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायाे । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए ।

पहिलो खेलमा नेपालले हिजो साेमवार सिङ्गापुरलाई ८ विकेटले हराएकाे थियो । अब नेपालले बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

छनोटको फाइनल पुग्ने २ वटा टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित