६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

क्रिकेटमा कुन कुन तरिकाले आउट हुन्छ ब्याट्सम्यान ?

क्याच आउट

ब्याटले बल लागेपछि बलले भुइँमा नछुदै फिल्डरले बल समातेमा ब्याट्सम्यान आउट हुन्छन् । 

बोल्ड आउट

यहि बलरले फालेको बल स्टम्पमा लागेर वेल्स झरेमा ब्याट्सम्यानलाई बोल्ड आउट दिइन्छ ।

रनआउट

ब्याट्सम्यान रन लिन दौडेपछि क्रिज भित्र नपुग्दै फिल्डरले स्टम्पमा हानेर वेल्स झारिदिएमा ब्याट्सम्यान रनआउट हुने गर्दछ । त्यस्तै रनआउटको श्रेणीमा मांकडिंगलाई पनि राखिएको छ । जस अन्तर्गत नन स्ट्राइकरमा रहेको ब्याट्सम्यानले छिटो रन लिने प्रयासमा बलरले बल रिलिज नगर्दै क्रिज छोडेमा बलरले स्टम्पमा हानेर वेल्स झार्दै रनआउट गर्न सक्छ । तर अन्तर्राष्ट्रिय क्रिकेटमा यसरी आउट गर्ने घटना बेला बेलामा देखिए पनि यसलाई खेल भावना विपरित चित्रित गरिन्छ ।

हिट विकेट आउट

ब्याटिंग गर्ने बेलामा यदि ब्याट्सम्यानले कुनै पनि तरिकाले स्टम्पमा छोएर वेल्स झार्छ भने त्यो ब्याट्सम्यान हिट विकेट आउट हुन्छ ।

एलबीडब्लु आउट

यदि ब्याट्सम्यानले आफ्नो ब्याटले बल रोक्ने प्रयासमा असफल हुन्छ र बल शरीरको कुनै हिस्सामा लागेर स्टम्पमा जानबाट रोक्छ भने बलर वा फिल्डरको अपिलपछि अम्पाएरले लेग बिफोर द विकेट आउट दिने गर्दछन् ।

स्टम्पिङ आउट

यदि कुनै ब्याट्सम्यानले बल हान्ने प्रयास गर्दा क्रिजको बाहिर जान्छ र बल हान्न मिस गर्छ भने विकेटकिपरले ब्याट्सम्यान क्रिज बाहिर रहेको अवस्थामा स्टम्पमा हानेर वेल्स झारेर आउट गर्न सक्छ । यसलाई स्टम्पिङ आउट भनिन्छ ।

अब्सट्रयाक द फिल्ड

यहि ब्याट्सम्यानले फिल्डरले रनआउट गर्न गरेको प्रयासमा जानीजानी  बललाई स्टम्पमा लाग्न रोक्छ भने उसलाई अम्पाएरले आउट दिन सक्छन् ।

हिटिङ द बल ट्वाइस

यदी ब्याट्सम्यानले बल एक पटक ब्याटले फेरी अर्को पटक पनि हान्छ भने उ आउट हुन्छ । तर ब्याटले दुई पटक हानेको अवस्थामा मात्र ब्याट्सम्यान आउट हुन्छ । बल हानिसकेपछि स्टम्पतर्फ जान लागेको बल खुट्टाले रोकेमा भने ब्याट्सम्यान आउट हुदैन ।

ह्याण्डल द बल

यदि कुनै ब्याट्सम्यानले बल खेलेपछि बललाई ब्याटको अलावा हातले छोएर रोक्छ भने उसलाई आउट दिइन्छ ।

टाइम आउट

क्रिकेटका तिनै फर्म्याटमा एउटा ब्याट्सम्यान आउट भएपछि अर्को ब्याट्सम्यान समयमै मैदानमा आउनुपर्दछ । तोकिएको समयमा ब्याट्सम्यान बल खेल्न तयार नभएमा फिल्डिङ पक्षले अपिल गरेको खण्डमा अम्पाएरले आउट दिन सक्छन् । टेस्ट क्रिकेटमा ब्याट्सम्यान ३ मिनेट भित्र खेल तयार हुनुपर्ने नियम छ । त्यस्तै एकदिवसीय क्रिकेटमा ब्याट्सम्यान २ मिनेट भित्र र टी-२० मा ९० सेकेन्डभित्र खेल्न तयार हुनुपर्दछ । यदि त्यसो नभएमा अपिल अनुसार अम्पाएरले आउट दिन सक्छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित