चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला अब बन्ने भयो ।

चितवन । चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिच सहमती भएको छ ।
उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ । सो बैठकको निर्णय अनुसार छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने बताइएको छ ।
महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार काम सुरु गरिने छ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गरिने छ।
उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने र। उक्त लागत अनुमानको ७० प्रतिशत बागमती प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति सहित निर्णय भएको छ ।
धुर्मुससुन्तली फाउन्डेसनले बनाउन नसकेर महानगरपालिका लाई जिम्मा लगाए पछि उक्त रंगशाला अलपत्र अबस्थामा रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्