कोशिशको सामाजिक परिक्षण ,सिकाइ र अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न ।
१४ मङ्सिर लमजुङ । मानसिक स्वास्थ्य को क्षेत्रमा बिगत ५ बर्ष देखि काम गर्दै आएको संस्था कोसिसले परियोजनाको अन्तिम समयमा सामाजिक परिक्षण ,सिकाइ र अनुभव आदानप्रदान कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम लमजुङ जिल्ला समन्वय समितिका संयोजक पुर्ण बहादुर गुरुङ को प्रमुख अतिथ्यातामा होटल बरन्डामा कार्यक्रम भएको हो ।विशेष अतिथीमा बेसिशहर नगरपालिकाका नगरप्रमुख गुमानसिङ अर्याल , मर्स्याङ्दी गाउपालिकाका प्रमुख अर्जुन गुरुङ , तथा ४ ओटा पालिकाबाट वडा अध्यक्ष, स्वास्थ्यकर्मी र शिक्षकहरुको उपस्थिति रहेको थियो।
लमजुङको बेसिशहर नगरपालिका मर्स्याङ्दी गाउपालिका र गोरखाको पालुङटार नगरपालिका र सिरान्चोक गाउपालिका गरि २ जिल्लाका ४ वटा पालिकामा यस संस्थाले परियोजना सन्चालन गरेको छ ।
कोशिशले २०१९ देखि आफ्नो परियोजना सन्चालन गर्दै आइरहेको छ संस्थाले मानसिक समस्या भएका नागरिकको पहिचान गरि मनोबिमर्सकर्ताले काउन्सिल दिने गरेको छ भने सरोकार वाला स्थानिय तहसंग समन्वय गरि समुदायमा रहेको महिला समूह, बिद्यालयको विद्यार्थी संग मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम समन्धिका सचेतना मुलक कार्यक्रम गरिएको कुरा पालुङ्टार र सिरान्चोक गाउपालिका हेर्ने बिमर्शकर्ता बिपिन घिमिरेले बताउनु भएको छ ।
कार्यक्रममा लेखा परिक्षण सम्योजक बिएम आचार्यले कोशिसले बिगत ५ बर्षमा गरेको सामाजिक लेखापरीक्षणको उपलब्धिको बारेमा जानाकारी गराउनुभएको थियो । सस्थाको यस परियोजना थप दुई बर्षको लागि थप गरिएको कुरा यस सस्था परियोजनाको दाता cbm को रिता गौतमले सुचना गराउनु भएको छ थियो ।
प्रतिक्रिया दिनुहोस्