६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गाेरखा : बाँझो जमिनमा घाँसखेती गर्नेलाई प्रतिराेपनी ३ हजार रुपैयाँ अनुदान

कार्यालयले प्रतिरोपनी ३ हजार रुपैयाँका दरले किसानलाई अनुदान उपलब्ध गराउने छ । ‘बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ, कार्यक्रममार्फत अनुदान लिन चाहनेका लागि आवेदन आह्वान गरिसकिएको छ’, निमित्त प्रमुख कुमालले भन्नुभयो ।

किसानले घाँसखेती गरेसँगै त्यसको उपयोगिताका बारेमा अध्ययन गरेर अनुदान उपलब्ध गराइने छ ।  बाँझो जग्गा भाडामा लिएर घाँसखेती गर्न चाहनेले भने भुइँ घाँसका लागि कम्तीमा ५ वर्ष र डाले घाँसका लागि कम्तीमा १० वर्ष करार सम्झौता गरेको हुनुपर्ने उहाँले बताउनुभयो ।

अनुदानका लागि स्थानीय वडा कार्यालयबाट तीन वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको तथा बाँझो भूमिमा खेती गर्न ‘प्रोत्साहन अनुदानका लागि योग्य’ रहेको सिफारिस निवेदकले आवेदनका साथ पेस गर्नुपर्नेछ ।

गोरखामा झन्डै ६ हजार रोपनी बाँझो जमिनमा घाँसखेती गर्ने किसानलाई अनुदान दिने योजना रहेको निमित्त प्रमुख कुमालल बताउनुभयो । बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन मापदण्ड २०८०  बमोजिम अनुदान कार्यक्रम सञ्चालन गरिनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित