६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ७ च्याङ्लिमा पहिचान नभएको महिलाको शव फेला

गोरखा, २१ मंसिर । गोरखामा एक महिलाको शब फेला परेको छ । बिहिवार जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर – ७ कुमालटारी स्थित गोरेको बाटोको नजिकै अन्दाजी २५ वर्षकी महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मृतक महिलाको शब पहिचान नखुलेको प्रहरीको भनाई छ । गोरेटो बाटोमा फेला परेको शब रातो रंगको ब्लाङ्कोटले बेरेको अबस्थामा फेला परेको छ ।

मंगोलीयन जस्तो देखीने महिलाको उचाई ४.५ फिट अग्लो माथी सेतो रङ्गको टप्स र खैरोमा सेता धर्का भएको रंङको ट्रयाक, गुलाबी रंगको स्पोर्टस जुत्ता लगाएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव पहिचाहनको लागि प्रहरीले प्रयास गरीरहेको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित