६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखाको शहिदलखनमा निर्माण भएको चिस्यान केन्द्रमा ३१० क्यारेट सुन्तला भण्डारण

बेमौसममा पनि फलफूलको अर्गानिक स्वाद ग्राहकलाई दिने उदेश्यले शहिदलखन गाउँपालिकामा सुन्तला जातको फलफूल भण्डार गरिएको हो । 
नवसृजना कृषिजन्य उत्पादन केन्द्र प्रालिले शहिदलखन गाउँपालिका वडा नम्बर ५ स्थित जुम्ली चौतारा बझाडीमा निर्माण गरेको भवनमा फलफूल भण्डारणको सुरुवात गरिएको हो । आजको दिन सम्म ३१० क्रेट सुन्तला भण्डारण भएको केन्द्रका सञ्चालक ध्रुव खनालले जानकारी दिए । प्रति महिना प्रति केजी रु पाँच रुपैयाँ लिने गरी सुन्तला भण्डारण गरिएको छ । हालसम्म एउटा किसानले १६० क्रेट र अन्य १० जना किसानहरुले गरी ३१० क्रेट सँकलन भएको उनले बताए । 
चिस्यानकेन्द्रमा तीनवटा ब्लक रहेका छन् । एउटामा ४०० र बाँकी दुई वटामा ३०० का दरले जम्मा एक हजार क्रेट क्षमताका रहेका छन् । प्रति क्रेट वीस केजी सुन्तला रहने अनुमान गरिएको छ । 
मनकामना, क्षेत्र भित्र रहेका सुन्तलालाई ब्राण्डिङ गरेर अफ सिजनमा पनि ग्राहकलाई प्रदान गर्ने उदेश्यले  चिस्यान केन्द्रमा राखिएको शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले बताए । 
चिस्यान केन्द्र निर्माणका लागि कृषि बजार पूर्वाधार निर्माण अन्तर्गत शहिदलखन गाउँपालिकाबाट २० लाख अनुदान प्राप्त भएको केन्द्रका सञ्चालन खनालले बताए । सँघीय सरकार र गाउँपालिकाको सहयोगमा बुँकोट खाब्दी भञ्ज्याङ,  ताक्लुङ जुम्ली चौतारा स्थित बझाडी, मनकामना रामशाहघाट हाट बजारमा भवन सहितको चिस्यान केन्द्र र घैरुङ स्थित खगीमा तरकारी सँकलन केन्द्र स्थापना भएको शहिदलखन गाउँपालिका कृषि विकास अधिकृत ऋषि रोकाले बताए । 
सुन्तला फुल खेल्नु दुई महिना अघि टिपिसक्नुपर्ने भएकाले किसानहरुले धमाधम सुन्तला ल्याउने क्रममा रहेको वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्र बहादुर रानाले बताए । वेमौसममा बाहिरबाट आउने सुन्तलालाई मनकामनाको सुन्तलाले विस्थापित गर्ने उनको भनाई थियो । रसले पूर्ण र मिठो मनकामनाको सुन्तला नेपालमा प्रख्यात रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित