६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

बालकुमारी घटनाबारे दयाहाङ : अझ उद्वेलित र आक्रोशित नबनाऊ

काठमाडौँ ।  ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनपछि अभिनेता दयाहाङ राईले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले यसलाई थप उद्वेलित र आक्रोशित बनाउन नहुने पनि बताएका हुन् ।

 

राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जे नहुनु थियो भयो अब यसलाई राजनीतीकरण नगरौँ, युवाहरूमा निरस र आक्रोश आउनु देखिनु तपाईं हामी नै जिम्मेवार हुनुपर्छ यो गाऊँ समाज अनि देशको समस्या हो र हाम्रो समस्या हो । अझ उद्वेलित र आक्रोशित नबनाऊ सत्तापक्ष र प्रतिपक्ष दुवैले होस् पुर्‍याऊ !!!’ प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्य भएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित