६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङ्टार नगरपालिकाको १४ औ नगर सभा सम्पन्न ८ करोड ३५ लाख बजेट बिनियोजन

२५ पौष । पालुङटार नगरपालिकाको १४ औं नगरसभा तथा आब २०८०/८१ अर्ध बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । 

पालुङटार नगरपालिका प्रमुख विबस चिन्तन अजयको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नगरसभा सदस्य तथा नगरपालिका उपप्रमुख बन्दना पान्डेले चालू आर्थिक बर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमको हालसम्मको आय ब्यय विबरण प्रस्तुत गर्नु भएको थियो ।

 

आ.ब २०८०/०८१ को पुरक बजेट कार्यक्रम तथा बिनियोजनको आय अनुसार जम्मा ८ करोड पैतिस लाख पचास हजार बजेट बिनियोजन भएको छ ।

जसमा खानेपानी तथा सरसफाइमा ३७ लाख, भौतिक पुर्बाधार बिकासमा ९३ लाख, आवास तथा शहरी बिकासमा १ करोड बाईस लाख , सिन्चाइमा ६७ लाख , कला सस्कृती १२ लाख शिक्षा युवा तथा खेलकुदमा २२ लाख स्वास्थ्य तर्फ ३२ लाख ८० हजार , अन्यमा ३ करोड ९० लाख बिनियोजन भएको छ ।

पालुङटार नगरपालिका नगरपालिका भित्र वडा नम्बर ९ मा बन्दै गरेको चिस्यान केन्द्र ( कोल्ड स्टोर ) लाई प्राथमिकता दिएर १ करोड ६० लाख बिनियोजन भएको छ । उक्त चिस्यान केन्द्र चैत भित्र सन्चालनमा आउने नगर प्रमुख विबस चिन्तन अजयले बताउनु भएको छ ।

आय तर्फ राजस्व बाडफाडबाट प्राप्त हुने अनुमानित रकम ११ करोड २१ लाख चौरानब्बे हजार मध्य हाल सम्ममा ३ करोड त्रिचालीस लाख प्राप्त भएको र हालसम्म अनुमानित ४ करोड ६७ लाख हुनुपर्ने देखिन्छ आउनु पर्ने रकम भन्दा करिब १ करोड २४ लाख रुपैयाँ प्राप्त हुन नसकेको अवस्था रहेको छ ।भने ब्यय तर्फ खर्च हालसम्म ३२.४६ प्रतिशत काम सकिएको छ ।

१० वटा वडा मध्य वडा नम्बर २ ले सबै भन्दा धेरै ४३.८३ प्रतिशत काम गरेको छ भने वडा नम्बर ८ ले ४०.२२ प्रतिशत काम गरेर दोस्रो भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित