६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

धुवाँकोट सानाकिसान सहकारीको साधारण सभा तथा ब्यबस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न

गोरखा जिल्लाको पालुङटार ८ मा रहेको धुवाँकोट साना किसान कृषि  सहकारी सस्थाको चौथो बार्षिक साधारण सभा तथा ब्यबस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ ।

 

सानाकिसान कृषि सहकारी सस्थाका केन्द्रीय अध्यक्ष खेम पाठक प्रमुख आतिथ्यतामा  भएको हो। भने कार्यक्रमको सभापतिमा धुवाँकोट सानाकिसान सहकारीका अध्यक्ष धुर्ब सिलवाल रहनु भएको थियो । विशेष अतिथिमा  कृषि सहकारी केन्द्रिय संघ केन्द्रिय सदस्य कृष्ण बाबू श्रेष्ठ , कृषि सहकारी लघुबित्त बैंक प्रबन्धक पालुङटार नगरपालिका  वडा नम्बर ८ का अध्यक्ष होप बहादुर नेपाली  लगायत र सेयर सदस्य उपस्थित रहेको थियो ।

 

कार्यक्रममा सहकारीका अध्यक्ष धुर्ब सिलवालले सहकारीको परतिबेदन पेस गर्नुभएको थियो । भने लेखा समितिको प्रतिबेदन सहकारीका लेखा समितिका सम्योजक श्याम बा थापाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सन्चालन सहकारीका उपाध्यक्ष सर्मिला बगाले तिवारीले गर्नु भएको थियो ।

 

यस धुवाँकोट सहकारी  सस्था २०७४ सालमा  मनकामना साना किसान कृषि  सहकारीको ब्यबस्थापकिय सहयोगमा  स्थापना भएकोमा यस साधारण सभा बाट  भने  मनकामना   साना किसान कृषि सहकारिले आफ्नो अधिनमा रहेको धुवाँकोट सानाकिसान  कृषि सहकारी आफै सक्षम भएको भन्दै ब्यबस्थापन हस्तान्तरण गरेको छ ।

 

साधारण सभाले स्याम थापा को अध्यक्षतामा नयाँ समिती पनि चयन गरेको छ । जसको उपाध्यक्षमा सान्ता श्रेष्ठ सदस्यमा देबेन्द्र कुमाल , निर्मल भण्डारी , राजेन्द्र श्रेष्ठ , कमला सुवेदी , लक्ष्मि कंडेल र सोनिमाया तामाङ रहनु भएको छ ।

सानाकिसान कृषि सहकारी सस्थाका केन्द्रीय अध्यक्ष खेम पाठक प्रमुख खेम पाठकले सहकारिको बारेमा  प्रशिक्षण्त्मक मनतब्य राख्नु भएको थियो । भने साना किसानमा आबद्ध सेयर सदस्यका छोराछोरीलाई इजरायलमा  छात्रवृत्तिमा निशुल्क पढ्न पठाइएको र कोरिया र जर्मनमा पनि पठाउने तयारी भइरहेक बताउ बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित