जीवन ज्योती माबीमा लागुऔसध दुर्ब्यसन र महिला हिंसासमन्धी चेतनामुलक कार्यक्रम सम्पन्न
गोरखा २१ माघ। पालुङटार वडा नम्बर ७ मा रहेको जीवन ज्योती माबीका ११/१२ पढ्ने विद्यार्थीमाझ चेतनामूलक कार्यक्रम गरिएको छ ।
च्याङ्ली मिडिया प्राली बाट संचालित पालुङटार न्युजको आयोजना पालुङटार नगरपालिका वडा नम्बर ७ वडा कार्यलयको सहआयोजना र जीवन ज्योती माबी र अस्थायी प्रहरी चौकी बिरुवाटारको समन्वयमा लागुऔसध दुर्ब्यसन र महिला हिंसा समन्धी कार्यक्रम विद्यार्थीमाझ गरिएको हो ।
कक्षा ११/१२ का विद्यार्थीमाझमा अस्थायी प्रहरी चौकी बिरुवाटारका प्रमुख प्रहरी हवल्दार धुर्ब बराकोटीले लागू औसध दुर्ब्यसनको बारेमा कक्षा दिनु भएको थियो त्यस्तै पालुङटार नगरपालिका वडा नम्बर ७ वडा कार्यलयमा कार्यरत सचिब सबिता पन्तले मिहिला हिंसा समन्धी कक्षा दिनुभएको थियो भने पालुङटार नगरपालिका वडा ७ का वडा अध्यक्ष अर्जुन बाहादुर कुमालले लागू औसध दुर्ब्यसन र महिला हिंसा समन्धी वडाले खेलेको भूमिकाको बारेमा विद्यार्थीलाई जानाकारी गराउनु भएको थियो ।
कार्यक्रम सन्चालन च्याङ्ली मिडिया प्राली बाट संचालित पालुङटार न्युजका अध्यक्ष सुरज सागर कुमालले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्