२९ चैत्र २०८१, शनिबार । Apr 12, 2025

अकला मन्दिर नजिकै होटलमा हत्त्यामा सम्लग्न परियारलाई पुर्पक्षका लागि थुनामा राख्न अदालत आदेस

२२ माघ गोरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ८ का महेस पन्तको हत्त्य गर्ने किसान  परियार लाई जिल्ला अदालत गोरखाले  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

महेस पन्तको हत्त्या गर्ने निज किसान परियार लाई भाग्न उम्कन सहयोग गरेको कारण उनका भिनाजु पर्ने गोरखा नगरपालिका ११ बस्ने बर्ष ५८ को निल बहादुर परियार लाई समेत  एक लाख धरौटी माग गरिएकोमा धरौटी तिर्न नसक्दा कारागार चलान भएका छन् । 

पालुङटार नगरपालिका ८ घर भएका महेस पन्त गोरखा नगरपालिका १४  मा रहेको अकला मन्दिर नजिकै हिल कटेज नामक रेस्टुरेन्ट सन्चालन गरेर बसेका थिए । निज महेस पन्तलाइ गोरखा १४ सलाङिरी घर भएका किसान परियारले महेस पन्तको आफ्नै रेस्टुरेन्टमा धारिलो हतियार प्रयोग गरि   बीभत्स रुपमा हत्त्या  गरेका थिए ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित