६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

मिरकोटमा शिक्षकको कुटाइ बाट छात्राको हात भाचियो

गोरखा– शिक्षकको कुटाइका कारण मिरकाेट माध्यमिक विद्यालयका एक छात्राको हात भाँचिएको छ ।

पालुङटार नगरपालिका-१०, मिरकाेटकाे मिरकाेट माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा विज्ञान शिक्षक रामहरि ढकालको कुटाइबाट कक्षा नाैंमा अध्ययनरत छात्राको हात भाँचिएको हो ।

घटना २२ गते सोमबारको हो । विद्यालयका प्रधानाध्यापक भुवन अधिकारीका अनुसार घटना सामान्य हो । ‘छात्रालाई सर (ढकाल)ले प्रश्न सोध्नु भएको रहेछ,’ उनले भने ‘उत्तर मिलाउन नसक्दा कुच्चाेले प्याट्ट हान्नु भएको रहेछ, दिनभरि समान्य भए पनि भोलि पटक बिहान मात्रै अस्पताल लगेको हो ।’ उनका अनुसार डाक्टरले जटिल नभएको भन्दै समान्य उपचार पश्चात् घर पर्काइएको दाबी गरे ।

‘घाइते विद्यार्थीको उपचार भइसकेको छ,’ उनले भने, ‘बाहिर हल्ला गरिएजस्तो भने होइन।’

अझ उनले घटना सामान्य भएकाले यसलाई साम्य पार्न आग्रह गरे । उनले भने- ‘यो समान्य कुरा हो, तपाइहरू त्यसलाई जटिल बनाइदिनु हुन्छ ।’
घाइते विद्यार्थीको चितवन मेडिकल कलेजमा उपचार पश्चात घर आएकी छिन् ।

कुटपिटमा संलग्न शिक्षक आफैँले पनि गल्ती स्वीकार गरी घाइते विद्यार्थीको उपचारमा संलग्न रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित